काठमाडौंसँग चितवन ५३ रनले पराजित
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८२ मङ्सिर १२, शुक्रबार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आज दिउँसो भएको पहिलो खेलमा काठमाडौं गोर्खाज विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न आज (शुक्रबार) को पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले पछि पार्दै काठमाडौं विजयी भएको हो ।
काठमाडौंले १४३ रनको चुनौती दिएकोमा चितवन १७ ओभर २ बलमा ८९ रन बनाउँदै अल आउट हुन पुगेको थियो ।
चितवनका लागि देव खनाल र अर्जुन साउदले सर्वाधिक र समान २१–२१ रनको योगदान दिएका थिए । त्यस्तै, सोहिल तनविरले १८ रन जोडे ।
काठमाडौंका लागि रशिद खानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, टीमका कप्तान करण केसी, शाहब आलम र दिपेश कँडेलले दुई–दुई विकेट लिए भने सन्तोष यादवले एक विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डौं गोर्खाजले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट डाउन हुँदासम्म १ ४२ रन बनाएको थियो ।
काठमाडौंका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेलेका थिए । २९ बलमा ३ चौका र ५ छक्का हान्दै सिम्पसनले ६० रन बनाएका हुन् ।
एनपिएलको खेल तालिका अनुसार बिराटनगर किंग्स र कर्णाली याक्सबीचमा आजको दोश्रो खेल जारी छ ।
Categorized in स्पाेर्ट्स




