गणेशाभिषेकको समापन मंगलवार गरिँदै
SamacharDesk – बिराज | २०८० पौष २९, आइतबार

भक्तपुरमा हुँदै गरेको गणेश रुद्री ‘गणेशाभिषेक’ कार्यक्रमको समापन आउँदो माघ २ गते मंगलवार हुने भएको छ ।
गत पुुस ११ गतेदेखि भक्तपुरको तालाको टोलस्थित ज्याथा गणेशमा भइरहेको गणेशाभिषेक कार्यक्रमको समापन माघ २ गते मंगलबार गरिन लागिएको हो ।
गणेशाभिषेकको क्रममा भोलि सोमवार दैनिक गरिँदै आएको गणेशाभिषेक र अभिषेक वेदार्चनसँगै गणेश सहस्रनाम पाठ गरिनेछ । माघ २ गते मंगलवार व्रत पूजा गरिने गणेशाभिषेक कार्यक्रम संयोजक सरोजन राजोपाध्यायले जानकारी दिए ।
‘भोलि सोमवारको कार्यक्रम विहान १० बजेमात्र सुरु हुनेछ । केही संचारमाध्यमले भने १ गते नै व्रत पूजा भनेर लेखिदिँदा अन्यौलको स्थिती पनि देखियो । व्रतालुहरु भ्रममा नपरी व्रत पूजाको लागि २ गते नै पाल्नुहोला’ कार्यक्रम संयोजक राजोपाध्यायले भने ।
देशमा विद्यमान संकट निवारण र जनताको कल्याणको कामना गर्दै गणेशाभिषेक आयोजक समूहले यो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा भक्तपुरका देव ब्राह्मणहरुबाट दैनिक रुपमा गणेश पूजनको साथमा अभिषेक वेदार्चन गर्दै गणेशाभिषेक र गणेश सहस्रनाम पाठ गरिएको हो ।
Categorized in संस्कृति