arin enterprises

दोलखामा मच्छिन्द्रनाथको रथ ढल्यो

SamacharDesk – समाचारः रेखा शाक्य | २०८१ बैशाख १४, शुक्रबार

दोलखाको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथ ढलेको छ ।

रथयात्राको आज दोश्रो दिन रथ तान्दै गर्दा नक्छेँ भन्ने स्थानमा पुग्दा रथ ढलेको हो । रथ तान्दै गर्दा मोडमा पुगेपछि रथ ढल्न पुगेको हो ।

दोलखाका स्थानीय वासिन्दाहरुका अनुसार रथ ढल्दा रथको बीचको भाग केही भाँच्चिएको छ । रथको मर्मत भोलि गरिने जनाइएको छ ।

कतिले यसरी रथ ढल्नुलाई अशुभ संकेतको रुपमा पनि व्याख्या गरेका छन् । कतिले भने जात्राकाे जाेशमा हाेश गुमाउन पुग्दा भएकाे दुर्घटना र यसलाई स्वाभाविक रूपमा लिनुपर्ने विचार राखेका छन् ।

रथ ढलिसकेपछि स्थानीय वासिन्दा मिलेर रथलाई उठाई आजको रथयात्रा सम्पन्न गरिएको थियो ।

आजको तालिका अनुसार ढलेको रथलाई उठाई श्यामसुन्दर टोलमा पुर्‍याई रथयात्रा सम्पन्न गरिएको छ ।

जात्राको क्रममा भोलि रथलाई टसिचा टोलमा पुर्‍याइनेछ भने पर्सि सेँगमा लगिनेछ ।

पर्सि सेँगमा रथ तान्ने क्रममा खुड्किला भएको उकालोमा ६० डिग्रिमा रथ तानिनेछ । रथयात्राको यो अवसरलाई जात्राको विशेष आकर्षणको रुपमा लिइन्छ ।

Categorized in संस्कृति