arin enterprises

चार घन्टापछि अमेरिकामा उडानको रोक हटाइयो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक २९, शनिबार

अमेरिकामा करीब चार घन्टा उडानमा लागेको रोक हटाइएको छ ।

व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा लाखौं अमेरिकिहरुलाई प्रभावित गरेको उड़ानहरुमा लागेको रोक हटाइएको बताइएको छ ।

पत्रकार सम्मेलनमा बौल्दै अमेरीकाका पारवहन मन्त्री सीन डफीले उडानमा लागेको रोकको असर अन्य उडानहरुमा पनि परेको र यको समस्या आउने कैर्यौ दिनहरुसम्म जारी रहन सक्ने बताएका छन् ।

‘सिस्टम फेरी पूर्णरुपमा संचालनमा आउन समय लाग्नेछ । तर अमेरिकाको लोकप्रिय थ्यांक्स गिविंग यात्रा सम्पन्न हुनु अघिसम्ममा सिस्टम आफ्नो पूरै क्षमताका साथ काम गर्न थाल्नेछ’ मन्त्री डफीले भने ।

डफी र होमल्यान्ड सेक्युरिटी विभागका मन्त्री मार्कवेन मुलिनले उड़ानहरुमा रोकका लागि पुरानो एयर ट्र्याफिक कन्ट्रोल सिस्टमलाई जिम्मेवार ठहर्याएका छन् ।

पारवहन व्यवस्थामा पूर्ण परिवर्तन नगरिए यस्तो घटना फेरी हुन सक्ने चेतावनी मुलिनले दिएका छ्न । यस अघि, अमेरिकामा इयर ट्र्याफिक कन्ट्रोलको कम्युनिकेशन सिस्टममा समस्या आउँदा देशैभरको उड़ानमा रोक लागेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उद्धृत गर्दै फक्स न्यूजले यो समस्या कुनै साइबर हमला वा एआईको कारण भएको जस्तो नदेखिएको बताएको छ ।

यसै बीच इयर क्यानाडाले क्यानाडा र अमेरिका बीचको सबै उडान स्थानीय समय अनुसार शुक्रवार साँझसम्मको लागि रद्द गरेको छ ।

सिबिएसले नेटवर्क अपडेटको कारणले संचार प्रणालीमा यस्तो समस्या आएको दावी गरेको छ । अमेरिकाको इयर ट्र्याफिक कन्ट्रोल सिस्टमलाई जोड्ने प्राइभेट कम्युनिकेशन नेटवर्कको अपडेटको कारण यो समस्या भएको बताइएको छ ।

यसै बिच, अस्ट्रेलियाको सिडनीमा रहेको देशको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय विमानस्थलले अमेरिकासँग जोडिएको सबै उडान हालको लागि रोक्नको लागि भनेको छ । 

Categorized in अन्तर्राष्ट्रिय
SKIP THIS Tihar 2083