कलंकी–नागढुङ्गा सडकखण्डमा सडक सुरक्षा सामग्री जडान
SamacharDesk – बिराज | २०८३ कार्तिक २८, शुक्रबार
काठमाडौं । चन्द्रागिरि नगरपालिका अन्तर्गतको कलंकी–नागढुङ्गा सडकखण्डमा विभिन्न सडक सुरक्षा सामग्री जडान गर्ने कार्य सम्पन्न भएको छ ।
सम्भावित सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले नेपाल प्रहरी, थानकोट वृत्त तथा ट्राफिक प्रहरी कार्यालय, थानकोटको समन्वयमा निम्न सामग्रीहरू जडान गरेको हो ।
जडान गरिएका सामग्रीमा स्पिड लिमिट संकेत बोर्ड, नो पार्किङ संकेत बोर्ड, विद्यालय तथा जेब्रा क्रसिङ क्षेत्र संकेत, नो हर्न संकेतलगायत अन्य सडक सुरक्षा सामग्री रहेका छन् ।
त्यसैगरी कन्केभ मिरर २० थान, क्याट आई १०० थान, डिभाइडर कोन ३५० थान, हिल्टेक कोन २० थान पनि सडकमा जडान गरिएका छन् ।
यस पहलबाट सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि हुनुका साथै सम्भावित सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Categorized in स्थानीय





