पाकिस्तानमा प्रहरी र चरमपन्थीबीच मुठभेडमा २८ जना मारिए
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक २७, बिहिबार
पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कोहाटमा चरमपंथी र प्रहरीहरुबीच भिडन्त भएको भिडन्तमा १० सुरक्षाकर्मीसहित २८ जना मारिएका छन् ।
बुधवार अवैध सुनको उत्खनन विरुद्धको एक अभियानबाट फर्किरहेका प्रहरी टोलीलाई चरमपंथीहरुले हमला गरेका थिए । घटनामा कम्तीमा १० जना सुरक्षाकर्मीको साथमा १८ जना चरमपन्थीहरु मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
कोहाट पुलिसका प्रवक्ता नोमान जेबलाई उद्धृत गर्दै बीबीसीले मारिनेमा डीएसपी दर्जाका अधिकारी हैदर जमानसमेत रहेको बताएको छ ।
खैबर पख्तूनख्वा प्रहरीका अनुसार सुरक्षाकर्मीहरु कोहाट शहरसँगै दराबुकच क्षेत्रमा स्थानीय प्रशासनको साथमा संयुक्त अभियान चलाइरहेका थिए ।
अभियान सम्पन्न गर्दै फर्किरहेका प्रहरीको टोलीलाई आपराधिक तत्वहरुको इशारामा फतना–अल–खवारिजले प्रहरीहरुलाई हमला गरेको अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानी सरकारले प्रतिबन्धित तहरीक–ए–तालिबानसँग जोडिएका चरमपन्थिहरुलाई फतिना–अल–खवारिज भन्ने गरेको छ ।
घटनामा घाइते भएका १० जना सुरक्षाकर्मीहरुलाई उपचारको लागि कोहाट अस्पताल लगिएकोमा गम्भीर रुपमा घाइते भएका दुई जना सुरक्षाकर्मीलाई पेशावर रिफर गरिएको छ । खैबर पख्तूनख्वामा ११ अक्टोबरदेखि संकटकाल लागिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय





