arin enterprises

क्रोएशिया सेमिफाइनलमा, टाइब्रेकरमा रसिया पराजित

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २४, आइतबार

रसियालाई टाइब्रेकरमा हराउँदै क्रोएशिया विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसियाले रसियालाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 

त्योभन्दा अगाडि, निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको थियो ।

खेलमा अग्रता रुसले लिएको थियो । ३१ औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

३९औं मिनेटमा क्रोएसियाका मारियो मान्डुकिचको पासमा आन्द्रे क्रामारिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

दोस्रो हाफमा भने दुबै टोलीबाट गोल हुन सकेन । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०औं मिनेटमा क्रोएसियाका भिडाले एक गोल गर्दै टोलीलाई खेलमा अग्रता दिए । गोलको खुसियाली मनाउँदै जर्सि फुकालेर दौडिँदा भिडाले पहेंलो कार्ड खानुपर्यो ।

अतिरिक्त ३० मिनेटको समय सकिन ५ मिनेट मात्रै बाँकी छँदा रुसका मारियो फर्नान्डेसले एक गोल गरेपछि खेल फेरी बराबरीमै पुग्यो र विजेतको निर्णय टाई ब्रेकरबाट गनुपरेको हो । 

पेनाल्टि सुटआउटमा क्रोएशियाका मार्सेलो ब्रोजोभिक, लुका मोड्रिक, डोमागोज भिडा, ईभान राकिटिकले गोल गरे भने माटेओ कोभासिसको प्रहार भने रुसी गोलरक्षक एकिनफिभले रोकिदिए ।

रुसबाट एलेन जाग्वेभ, सर्गेइ इग्नासेभिच र डालेर कुफेडोर स्मोलोभ र मारियो फर्नान्डेसको प्रहार बिफल भयो ।

राउण्ड अफ सिक्सटिनको खेलमा डेनमार्कलाई टाई ब्रकेरमा हराउँदै क्वाटरफाइनलमा पुगेको क्रोएसियाले गएरातिको क्वाटरफाइनल खेलमा पनि टाईब्रेकरमा नै परिणाम आफ्नो पक्षमा पारेको हो ।

यो जितसँगै क्रोएसिया दोस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप खेल्दा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।

अब क्रोएशियाले सेमिफाइनलमा इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शनिबारै सम्पन्न खेलमा इङ्गल्यान्डले स्वीडेनलाई २–० ले हराउँदै सेमिफाइनल पुगेको हो ।

Categorized in स्पाेर्ट्स