arin enterprises

जापानको विश्वकप यात्रा रोकियो

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १९, मंगलबार

६९ मिनेटसम्म २–० ले अगाडि रहेको जापान खेलको अन्तिममा पुगेर बेल्जियमसँग हार्नुपरेको छ ।

रसियामा जारी विश्वकप फुटबलको सोमबार राति सम्पन्न बेल्जियम र जापानको खेलमा जापान ३–२ ले हार्नुपरेको हो । यो जितसँगै बेल्जियम क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ भने यो विश्वकपमा जापानको यात्रामा पूर्णविराम लागेको छ ।

खेलको ६९औं मिनेटसम्म २–० ले पछाडि रहेको बेल्जियमले अन्तिम २० मिनेटभित्रमा ३ गोल गरेर खेल जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा भने जापानले अग्रता बनायो ।  खेलको ४८ औं मिनेटमा जापानका लागी जेन्की हारागुचीले पहिलो गोल गरे भने त्यसको ४ मिनेटपछि नै ताकासी इनवीले टिमलाई दोश्रो गोल दिए ।

६८ मिनेटसम्म जापान २–० गोलले अगाडि रहँदा जापानले नै खेल जित्ने धेरैले अनुमान गरिसकेका थिए । तर, सब्सीच्यूडमा रहेका फेलिनी र चाड्ली मैदानमा प्रवेश भएपछि खेलको अवस्था फेरियो ।

जान भेर्टोनगेनले ६९ औं मिनेटमा बेल्जियमका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटपछि नै इडेन हजार्डको पासमा फेलिनीले बराबरी गोल गरे ।

निर्धारित ९० मिनेटसम्म २–२ को बराबरीमा रहेको खेल अतिरिक्त समयमा जाने अनुमान पनि भइसकेको थियो । तर यस खेलमा यो दोश्रो अनुमान पनि गलत सावित भयो ।

खेलको ९० मिनेटपछि दिइएको इन्जुरी टाइम सकिनै लाग्दा चोड्लीले थोमस मुनिरको पासमा गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनल पुर्याइदिएका हुन् ।

अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स