arin enterprises

पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलमा

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २८, बिहिबार

पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

सन् १९६६ को विजेता इङ्गल्यान्डलाई २–१ ले हराउँदै क्रोएशियाले फाइनलको यात्रा पक्का गरेको हो । विश्वकपको ईतिहासमा क्रोएशिया पहिलोपल्ट फाइनलसम्म पुगेको हो ।

अतिरिक्त समयमा मारियो मान्जुकिकले गोल गर्दै क्रोएशियालाई जित दिलाएका हुन् ।

त्यो भन्दा अगाडि, निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

खेलमा अग्रता भने इङ्गल्यान्डले लिएको थियो । ईङ्गल्यान्डका ट्रिपियरले खेलको ५औं मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा अग्रता लिइरहेको ईङ्गल्यान्डले दोश्रो हाफमा भने आफ्नो अग्रता कायम गर्न सकेन । खेलको ६८औं मिनेटमा क्रोएशियाका ईभान परिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमै टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १९औं मिनेटमा मान्जुकिकले गोल गर्दै टिमको जितलाई सुनिश्चित बनाए ।

अब उपाधीका लागी आइतबार फ्रान्स र क्रोएशिया भिड्नेछ । फाइनल खेल नेपाली समय अनुसार बेलुकी ८ः४५ बजे हुनेछ । 

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगिसकेको छ ।

तेश्रो स्थानको लागी भने शनिबार बेल्जियम र इङ्गल्यान्ड आमने सामने हुनेछन् । सो खेल नेपाली समय अनुसार ७ः४५ बजे हुनेछ ।

Categorized in स्पाेर्ट्स