arin enterprises

फाइनल पुग्ने पहिलो टिम ‘फ्रान्स’

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २७, बुधबार

सन् १९९८ को विजेता फ्रान्स रसियामा जारी विश्वकप फुटबलमा फाइनल पुग्न सफल पहिलो टिम बनेको छ ।

बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । योभन्दा अगाडि फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यो बेला फ्रान्स टाइब्रेकरमा ईटालीसँग हारेको थियो ।

सन् १९९८मा आफ्नै देशमा विश्वकपको आयोजना हुँदा भने फ्रान्सले फाइनलमा ब्राजिललाई हराउँदै उपाधी नै जितेको  थियो । 

आजको खेलमा सामुअल युमटिटीले ५१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

यो जितसँगै फ्रान्सले फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले अब उपाधीका लागी फाइनलमा भोलि इङ्गल्यान्ड र क्रोएशिया बीच हुने अर्को सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसपालिको विश्वकपमा दावेदारको रुपमा हेरिएको बेल्जियमको भने रसियामा यो पहिलो हार हो । बेल्जियमले योभन्दा अगाडिका सबै खेलहरु जित्दै आएको थियो ।

खेलमा बेल्जियमले केही अवसरहरुको श्रृजना गरेपनि फ्रान्सको गोलकिपर ह्यूगो लोरीस र रक्षापंक्तिले सफल हुन दिएनन् ।

अब बेल्जियमले तेश्रो स्थानको लागी इङ्गल्यान्ड र क्रोएशियाको खेलमा पराजय भोग्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

Categorized in स्पाेर्ट्स