arin enterprises

मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १८, सोमबार

रसियामा जारी विश्ककप फुटबलमा मेक्सिकोलाई २–० गोलले हराउँदै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिललाई जित दिलाउन ब्राजिलका नेयमारले र फर्मिनोले १, १ गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो हाफ शुरु भएपछि ५१औं मिनेटमा नेयमारले टिमलाई पहिलो गोल दिए । खेलको अन्तिम समयतिर पुगेर ८८औं मिनेटमा फेरी रोबर्टो फर्मिनोले टिमका लागी दोश्रो गोल गर्दै जित सुनिश्चित गरे । 

पहिलो हाफमा मेक्सिकोले ब्राजिलले दवावमा राखेको थियो । पहिलो हाफमा फर्ममा देखिएको मेक्सिकन टोलिले सेकेन्ड हाफमा भने सन्तुलन कायम गर्न सकेन ।

ब्राजिलको यस खेलको २ गोलसँगै विश्वकपमा २२८ गोल भएको छ । यो अहिलेसम्मकै धेरै गोल हो ।

अब ब्राजिलले क्वाटरफाइनलमा बेल्जियम र जापानबीचको खेलको विजेतासँग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स