कोरोनाबाट १४ जनाको मृत्यु, २ हजार ४०१ जना संक्रमित थपियो
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २६, बुधबार

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आज नेपालमा कोरोना संक्रमण २ हजार ४०१ जना थप भएका छन् ।
१६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो । उक्त संक्रमणको दर आरटी, पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन परीक्षणबाट ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार परीक्षण दर बढाउँदा संक्रमितको संख्या पनि बढेको हो । आज संक्रमित संख्या हिजो संक्रमित भएको दाँजोमा बढि देखिएको छ ।
हिजो मंगलवार १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण पहिचान भएको थियो । यो संगै नेपालमा संक्रमण हुनेको संख्या संख्या ३० हजार २४१ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको दरमा पनि वृद्धि भएको छ, जसमा आज ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । साथै, कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
Categorized in राष्ट्रिय