arin enterprises

तीन चिनिया अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता

SamacharDesk | २०८० जेठ २३, मंगलबार

तीन जना चिनिया अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् ।

आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा मानवसहितको सन्चौ १५ यान अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ ।

सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ र चाङ लु रहेका थिए । उनीहरुको स्वास्थ्य ठीक रहेको र यान पनि ठीकठाक रहेको चिनियाँ एजेन्सीले जनाएको छ ।

उनीहरुले ६ महिनासम्म अन्तरिक्षमा रही चिनियाँ अन्तरिक्ष स्टेशन निर्माणको काम गरेका थिए ।

उनीहरुलाई प्रतिस्थापन गर्न अर्को टोली गत मे ३० मा अन्तरिक्षतर्फ गईसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय