arin enterprises

३०० भन्दा बढी कलाकारको एकसाथ प्रस्तुती

SamacharDesk – Ram Dangol | २०८० जेठ २७, शनिबार

काठमाडौं उपत्यकाको विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ ।

स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन समिति र ज्यापु महागुथि नेपाः, केन्द्रीय समितिको संयुक्त आयोजनामा ३०० जना भन्दा बढी कलाकारहरुले खुल्लामञ्चमा सामुहिक प्रस्तुति दिएका हुन् ।

करिव ४० थरिका लोकबाजाबाट १२ थरिका विभिन्न तालहरु समावेश गरेर नेपाल अर्केष्ट्रा प्रस्तुत गरिएको थियो । नेपालको सांगितिक क्षेत्रमा यो संख्याको कलाकारहरुबाट एकै पटक एकै डबलीबाट प्रस्तुति यो पहिलो पटक भएको महागुथिको दाबी छ ।

युवा पुस्तामा मौलिक परम्परागत बाजागाजा र संगीत पुस्तान्तरण गर्दै यस क्षेत्रको विकास र विस्तार गर्ने तथा नेपालको विभिन्न समुदायको बाद्यवादन, बाजागाजा र संगीतको देशमा साथै विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य कार्यक्रमको आयोजना गरेको महागुथिले जनाएको छ ।

कार्यक्रममा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुभएको थियो भने काठमाडौं महानगरपालिकाका का.वा. मेयर सुनिता डंगोल तथा बागमती प्रदेशका सांसदलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Categorized in समाज