arin enterprises

३५६ वर्ष पुरानो स्वर्ण सिंहासन प्रर्दशन

SamacharDesk – Ram Dangol | २०८० जेठ २२, सोमबार

तत्कालिन पाटनका राजा श्रीनिवास मल्लको ३ सय ५६ वर्ष पुरानो स्वर्ण सिंहासनको प्रदर्शन गरिएको छ ।

ललितपुरस्थित कृष्णमन्दिरको प्रांगणमा आईतबार नागसहितको स्वर्ण सिंहासन प्रदर्शन गरिएको हो ।

पाटन ओकुवहाल, महावोधिगृहका जोधाजु शाक्यले वि.स.१७२४ शुक्ल अष्टमी वृहस्पतिका दिन सम्यक महादानका दिन पिण्डदान गरी कदम्बवृक्ष सहित राजा श्रीनिवास मल्ललाई यो सिंहासन चढाउनु भएको अभिलेखमा उल्लेख छ ।

सोही अवसरमा सिद्धिनरसिंह मल्ल र भगवान कृष्णसँग सम्बन्धित ३ सय ८७ वर्ष पुरानो पौभा चित्र प्रदर्शन गरिएको थियो । ४ सय ३ वर्ष अघि राजा सिद्धिनरसिंह मल्लले रचेका ३२ रागको परम्परागत शास्त्रीय संगीत पनि कात्ति दवुमा प्रस्तुत गरिएको थियो ।

मेघ मल्हार रागमा आधारित श्याम धनी गीत ज्याः पुन्हीको दिन मात्र गाउने गरिन्छ । मेघगर्जनसहित वर्षा होस् भनेर मेघ मल्हार दाफा गाउने गरिन्छ । त्यसैले वर्षभरिकै सबैभन्दा लामो दिन मानिने आईतबार जेष्ठ पूर्णिमामा यो पर्व मनाउनाले घनघोर वर्षा हुने जनविश्वास रहेको छ ।

Categorized in समाज