arin enterprises

कोलोम्बियामा रंगशाला भत्किँदा चार जनाको मृत्यु

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ १३, सोमबार

कोलोम्बियाको रंगशालाको दर्शक बस्ने प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको छ ।

कोलोम्बियाको एल एस्पिनल रंगशालामा साँढे जुधाई प्रतियोगिता चलिरहँदा काठको तीन तले प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई महिला र एक बालकको एक पुरुष रहेका छन् । घटनामा ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कोलोम्बियामा यस्ता प्रतियोगितामा भएको यो पहिलो घटना भने होइन् । कोलोम्बियामा वर्षेनी आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौंको मृत्यु हुने गरेको छ ।

सोही प्रतियोगितामा सहभागी गराईएका एक साँढे रंगशालाबाट भागेर शहर पस्दा आम नागरिकमा भागदौड मच्चिएको थियो ।

राष्ट्रपति गुस्ताभो पेट्रोले यस्तो असुरक्षित प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने प्रतिक्रिया दिँदै घटनाप्रति दुःख प्रकट गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय