arin enterprises

मुलुकको समृद्धि र विकास लागि डिजिटल शिक्षा अपरिहार्य

SamacharDesk | २०७९ बैशाख २०, मंगलबार

काठमाडौँ । मुलुकको समृद्धि र विकासमा डिजिटल शिक्षाको अपरिहार्यता रहेको शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले धारणा राखेका छन् । राजधानीमा सम्पन्न एक कार्यक्रममा नेपालमा डिजिटल शिक्षाको सम्भावना र चुनौती विषयक विभिन्न व्यक्तित्वहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।

इन्टरनेशनल इन्टेन्सीप युनिभर्सिटी (आइआइयु) नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रमका प्रमुख वक्ताको रुपमा आइआइयु ग्लोबल डाइरेक्टर डा. पियूस पण्डित, पूर्व शिक्षा गिरीराजमणि पोखरेल, पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुल्ला विश्वविद्यालयका रिजिष्टार प्रा.डा. शम्भु खनाल, प्रा. जया मण्डल प्रसाद, खुल्ला विश्वविद्यालयकी अनिला झा, प्रा.डा. श्रीराम , इलर्निङका शैलेन्द्र गिरीद्वारा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरिएको थियो ।

त्यस्तै, डिजिटल शिक्षाको नेपालमा प्रचुर सम्भावना रहेको र सोतर्फ अग्रसर हुन सरोकारवाला सबैलाई आग्रह पूर्वमन्त्री गणेश शाह, नवराज खतिवडा, डा. नवल पञ्जियरलगायतका वक्ताहरुले गर्नुभयो । सोही अवसरमा डिजिटल शिक्षाको बारेमा सरकारी नीति तथा नियम बन्न नसक्दा कलेज तथा विद्यालय मारमा परेका धारणा उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान)का उपाध्यक्ष रामहरि सिलवालले बताउनुभयो । उहाँले ‘सरकारी कलेजमा एकातर्फ डिजिटल मैत्री शिक्षामा जोड दिने कुरा सरकारले गरिरहेको छ भने अर्कोतर्फ स्कुल तथा कलेजहरूमा अनलाइन कक्षा सञ्चालन गर्दा सरकारले पत्र काटिरहेको अवस्था छ । अहिले हामी यो विडम्बनापूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्था छ । ’

त्यस्तै एन प्याब्सनका उपाध्यक्ष डम्बरबहादुर कार्कीले हरेक विद्यार्थी, शिक्षक र अभिभावकलाई डिजिटल शिक्षाको बारेमा जानकारी दिनु जरुरी भैसकेको अवस्थामा सरकारी नीति स्पष्ट हुन जरुरी रहेको धारणा राख्दै यस्ता किसिमका कार्यक्रम आयोजना गरी सरकारलाई डिजिटल शिक्षामा जोड दिन प्रोत्साहन समेत गर्नुपर्ने विचार राख्नुभयो ।

सो अवसरमा आइआइयुका अन्तर्राष्ट्रिय अध्यक्ष डा. पियुस पण्डितले नेपालमा डिजिटल शिक्षाको प्रचुर सम्भावना रहेको धारणा राख्दै आइआइयुले  नेपालमा डिजिटल शिक्षाको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सोको लागि आइआइयुका नेपाल च्याप्टरका प्रतिनिधि र शिक्षासँग सरोकारवालाहरूसमेत मिली डिजिटल शिक्षाको स्पष्ट खाका तयार गर्न समेत अनुरोध गर्नुभयो । उहाँले अबको युग डिजिटल युग भएकाले डिजिटल शिक्षाको विकास गर्न सकेको खण्डमा नेपालको समृद्धिमा समेत यसले थप टेवा पु¥याउने धारणा राख्नुभयो ।

कार्यक्रममा आइआइयु नेपाल च्याप्टरका अध्यक्ष डा. राजु कुशवाहाले प्रविधिको विकाससँगै डिजिटल शिक्षाको प्रवद्र्धन सदैव लागिपरेको बताउनुभयो । उहाँले नेपालको दुरदराजमा समेत डिजिजल शिक्षाको पहुँच पु¥याउने सरकारी नीतिलाई कार्यान्वयन गर्ने पक्षमा हामी सरकारसँग हातेमालो गरी काम गर्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।

Categorized in विज्ञान-प्रविधी