भारतको ओडिशामा भयानक रेल दुर्घटना
SamacharDesk | २०८० जेठ २०, शनिबार

ओडिशाको बालासोरमा शुक्रबार साँझ एक ठूलो रेल दुर्घटना भएको छ । तीनवटा रेल एक आपसमा ठोक्किएर दूर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ ।
घाइतेको संख्या पनि एक हजार नजिक पुगेको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनालाई ध्यानमा राख्दै एक दिनको राजकीय शोकको घोषणा गरेका छन् ।
इन्डियन एक्सप्रेस पत्रिकाले आफ्नो रिपोर्टमा चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसको डिब्बाहरू पटरीबाट उत्रिएर नजिकैको ट्र्याकमा खसेको बताएको छ, जहाँबाट बेंगलुरु हावडा सुपरफास्ट एक्सप्रेस जाँदै थियो ।
अखबारले लेखेको छ कि कोरोमण्डल ट्रेनको बोगी नम्बर बी २ देखि बी ९, ए १ देखि ए २, बी १ र कोरोमण्डल ट्रेनको इन्जिन दुर्घटनामा परेको छ भने ट्रेन नम्बर १२८६४ (यशवन्तपुर-हावडा एक्सप्रेस) को जनरल बोगीमा क्षति भएको छ । जनरल बोगी र बोगी नम्बर २ पछाडिबाट पटरीबाट उत्रिएका छन् ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर धेरै राज्यका मुख्यमन्त्रीहरूले यो भयानक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । रेल दुर्घटनापछि टीएमसी नेता अभिषेक बनर्जीले पनि रेलमन्त्रीको राजीनामा मागेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय