एमसीसी मनी कलेक्टिङ्ग क्याम्पेन : नेपाली कांग्रेस (वीपी)
SamacharDesk | २०७८ फाल्गुण १८, बुधबार

नेपाली कांग्रेस वीपी पार्टीले गठबन्धन दलले एमसीसी रातारात पास गरी नेपाली जनतालाई धोका दिएको आरोप लगाएको छ ।
पार्टीले आज माइतीघर मण्डलामा गरेको कार्यक्रममा १२ बुँदे व्याख्यात्मक टिप्पणी बारे बोल्दै यस्तो आरोप लगाएको हो । कार्यक्रममा वक्ताहरुले नेपाली जनता सुतिरहेको मौका छोपी दलहरुले आँखामा पट्टी बाँधेर रातारात एमसीसी पास गरेकोमा आक्रोश पोखे ।
पार्टीका केन्द्रिय सदस्य प्रशान्त बिक्रम सिं झाले एमसीसीलाई मनीकलेक्टिङ्ग क्याम्पेन अर्थात् भ्रष्टाचारको अर्को एउटा फर्मूला बनाएको बताए । उहाँले एमसीसी सम्झौता अनुमोदन भएपछि एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशकालागि घातक हुने पनि बताए ।
कार्यक्रममा वीपी पार्टीका सभापति शुशिलमान शेरचन, केन्द्रिय सदस्यहरु प्रधुम्न कार्की, श्यामगुरुङ्ग, रमन पुरी, प्रशान्तबिक्रम सिं झा, बिकाश पाण्डेको सहभागिता थियो
Categorized in राष्ट्रिय