प्रधानमन्त्री देउवाले सरकारको उपलब्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझायो
SamacharDesk | २०७८ फाल्गुण २२, आइतबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नुभएको छ।
आइतबार शीतल निवासमा पुगेर प्रधानमन्त्री देउवाले उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७र०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।
यस्तै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्को आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पनि भण्डारीसमक्ष बुझाएका राष्ट्रपतिको कार्यालयका प्रवक्ता समीर आचार्यले जानकारी दिएका छन् ।
उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित हुनुहुन्थ्यो।
Categorized in राष्ट्रिय
