arin enterprises

अञ्जली दिदीले लगाइदिइन् भाइटिका

SamacharDesk | २०८१ कार्तिक १९, सोमबार

यो वर्षको तिहार हिजो भाइटिकासँगै सकिएको छ ।

भाईटीका अवसरमा अञ्जली दीदी उपनामले चिचिनुहुने अञ्जली मास्केले सधैजस्तै यो वर्ष पनि सामूहिक भाइटिकालाई निन्तरता दिनुभएकी छिन् ।

हरेक वर्ष झैं यो वर्ष पनि उहाँले काठमाडौंको काष्ठमण्डपमा दिदीबहिनी नहुने दाजुभाइहरुलाई उहाँले सामूहिक रुपमा भाइटिका लगाइदिनुभएको छ ।

भाइटीका भनेको लिनु र दिनु मात्र नभई श्रद्धा, माया र भावना साटासाट गरेको मनाउने उत्सव हो भन्नुहुने अञ्जली दिदी लामो समयदेखि सामूहिक भाइटिका लगाउँदै आउनुभएको छ ।

दशैं सकिएलगत्तै सामूहिक भाइटीको तयारीमा जुट्नु हुने अञ्जली दिदीले भाइटीकाका लागि नेवार समुदायमा नभई नहुने ‘जंजका’ आफैँ बनाउँदै आएको छ ।

यस वर्ष पनि अञ्जली दिदीले दुई सयभन्दा बढी दाजुभाइलाई भाइटीका लगाइदिनु भयो । जसमा नेपाल घुम्न आएका विदेशीहरु समेत थिए ।

उहाँले २०५५ सालदेखि काष्ठमण्डपमा सामूहिक रुपमा भाइटीका लगाउँदै आउनुभएको छ ।

उहाँ आपूmले सकुन्जेल हरेक वर्ष आफूलाई दिदीबहिनी मान्ने दाजुभाइहरुलाई सामूहिक भाइटीका लगाइदिने बताउनुभयो ।

Categorized in समाज