arin enterprises

अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १, आइतबार

अस्ट्रेलियाका अलराउन्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । ४६ वर्षीय साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको हो ।

साइमन्ड्सको क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास गर्दागर्दै उनको निधन भएको अष्ट्रिलियन संचार संस्थाले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार कार उनी आफैँले हाँकेका थिए । कारमा साइमन्ड्स एक्लै थिए ।

सेन वार्न र रड मार्सको हालैको निधनयता अस्ट्रेलियन क्रिकेटले एक अर्को स्टार पूर्व खेलाडीलाई गुमाएको हो ।

१९९८ देखि २००९ सम्म खेलेका साइमन्ड्सले अष्ट्रलियाका लागि उनले २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी–२० अन्तराष्ट्रिय खेलेका छन् ।

उनी अस्ट्रेलियाले २००३ र २००५को एकदिवसीय विश्वकप जित्दा टोलीमा रहेका थिए । उनले अस्ट्रेलियाका लागि टेस्टमा १४६२, एकदिवसीयमा ५०८८ तथा टी–२० अन्तर्राष्ट्रियमा ३३७ रन बनाएका छन ।

त्यस्तै उनले टेस्टमा २४ एकदिवसीयमा १३३ र टी–२० अन्तर्राष्ट्रियमा आठ विकेट हात पारेका छन् ।

इङ्ल्यान्डको बर्मिङ्घममा जन्मिएका साइमन्ड्सले केन्ट, ग्लोस्टरसायर, लन्कासायर र सरेलबाट काउन्टी क्रिकेट पनि खेलेका थिए ।

Categorized in स्पाेर्ट्स