arin enterprises

बेन्जिमा अल इतिहादमा अनुबन्धित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २४, बुधबार

फ्रेन्च फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिड छाडेका बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् ।

३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । अल इतिहाद साउदी प्रो लिगको च्याम्पियन टोली हो ।

सन् २००९ मा लियोनबाट रियल आएका बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डी’ओर विजेता बेन्जिमा बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

उनले रियलबाट ६ सय ४८ खेल खेल्दा २५ उपाधि जितेका छन् ।

Categorized in स्पाेर्ट्स