arin enterprises

बेन्जिमाले रियल म्याड्रिड छोड्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २२, सोमबार

स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमाले क्लब छाडेका छन् । रियलले एक विज्ञप्ति निकाल्दै दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको हो ।

सन् २००९ मा रियल आएका बेन्जिमाले  सिजन सकिए लगत्तै फ्री ट्रान्सफरमा क्लब छाड्ने छन् ।

३५ बर्षिय बेन्जिमा रियल छाडेर साउदी अरब जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ । उनले साउदी क्लब अल इत्तेहादबाट कीर्तिमानी रकमको प्रस्ताव पाएका छन् ।

रियलबाट उनले २५ वटा उपाधि जितेका छ । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् ।

बालोन डिओर विजेता र युईएफए प्लेयर अफ द इअर समेत रहेका उनले रियलका लागि ६ सय ४७ खले खेल्दा ३ सय ५३ गोल गरेका छन् ।

उनी रियलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् ।

Categorized in स्पाेर्ट्स