रियल फर्के ब्राहिम डियाज
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २९, सोमबार

ब्राहिम डियाज स्पेनिस क्लब रियल म्याड्रिडका फर्केका छन् ।
तीन सिजन लोनमा इटालियन क्लब एसी मिलानमा बिताएर स्पेनिस फरवार्ड डियाज रियल फर्केका हुन् ।
रियलले ट्विटर मार्फत डियाज क्लब फर्किएको जनाएको छ । उनी २०२७ सम्म क्लबमा रहने छ ।
२३ वर्षीय डियाज सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट रियल आएका थिए ।
डियाज २०२० मा लोनमा इटालियन क्लब गएका थिए ।
डियाजले सिटीको सिनियर टिमबाट ५ खेल खेल खेलेका थिए ।
यस्तै स्पेनको टोलीबाट १ खेल खेलेका छन् ।
Categorized in स्पाेर्ट्स