arin enterprises

ताईवानको लोकप्रिय सामग्री नेपाली बजारमा

SamacharDesk | २०८० जेठ २४, बुधबार

ताईवानको लोकप्रिय दाबी गरिएको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा भित्रिएका छन् ।

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता एवं वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले यी उपकरण भित्र्याएको हो ।

सन २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तराष्ट्रिय प्रा.लिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरुको बढ्दो माग पूरा गर्दै आइरहेको छ ।

पूर्वदेखि पश्चिमभर प्र कारी वितरण संजाल भएको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले अनलाइन माध्यमबाट प्रोमोटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अनलाईन स्टोरसँग सहकार्य गरेको छ ।

आफ्ना ग्राहकसमक्ष गुणस्तरीय उपकरणको पहुँच बढाउनका लागि ताइवानको परिचित प्रोमेट ब्रांण्डका सामग्री नेपाल ल्याइएको हो । उत्पादनका नवीनता, गुणस्तर र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै आएको प्रोमेटका खरिदमा विभिन्न आकर्षक अफर पनि ल्याइएको सेल्लुसिटीले जनाएको छ ।

कम्पनीले स्मार्टफोन केस, ब्लूटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केवल, कार चार्जर, एयरपट्स, हेडफोन, युएसबी लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिंदै उद्घाटन अवधिभर दराज प्mलास सेलमार्फत आफ्ना सामग्री खरिद गर्ने दुई जनलाई सेलुसिटी अन्र्तष्ट्रिय प्रालिले एक वटा सुनको सिक्का उपहार दिने जनाएको छ । 

Categorized in बिजनेस