arin enterprises

वडा ११ पनि काँग्रेसकै झण्डा

SamacharDesk – बिराज | २०७९ जेठ ८, आइतबार

काठमाडौं महानगरपालिका वडा नम्बर ११ पनि काँग्रेसको पुरै च्यानल विजयी भएको छ ।

निकटतम प्रतिद्वन्दीलाई ६०५ मतान्तरले पछाडी पार्दै नेपाली काँग्रेसका उम्मेदवार हिरालाल तण्डुकार वडा ११ का वडाध्यक्ष निर्वाचित भएका छन् ।

तण्डुकारले एक हजार ५५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार योगेन्द्र मान श्रेष्ठले ९५० मत पाए ।

वडा सदस्यद्वय दिपेश राउत क्षेत्री र सरोज कुमार मुल्मी क्रमशः एक हजार ४९६ र एक हजार ३०७ मत पाउँदै निर्वाचित भएका छन् ।

महिला सदस्यमा निर्वाचित आशा श्रेष्ठले एक हजार ५३४ मत पाइन् । यसोमति परियार एक हजार ६२४ मतसहित दलित महिला सदस्य निर्वाचित भइन् ।

Categorized in स्थानीय