arin enterprises

कामपा १९ मा पनि काँग्रेसकै कब्जा

SamacharDesk – बिराज | २०७९ जेठ ११, बुधबार

काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा पनि काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।

यस वडामा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २ सय मत पाउँदै विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार चन्द्रमान मुनिकारलाई ४५९ मतले पछाडी पार्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार मुनिकारले ७४१ मत पाए । त्यसैगरी वडा सदस्यमा चन्द्रमान डंगोल र दिनेशमान जोशी निर्वाचित भएका छन् । डंगोलले एक हजार ४१७, जोशीले एक हजार १९८ मत प्राप्त गरे ।

रेणु कमल भारती शाही एक हजार ३६९ मत पाउँदै महिला सदस्यमा निर्वाचित भइन् । एक हजार ४१५ मतसहित रन्जिता परियार दलित महिला सदस्यमा विजयी भइन् ।

Categorized in स्थानीय