कामपा वडा २८ पनि काँग्रेसले गर्याे क्लीन स्वीप
SamacharDesk – बिराज | २०७९ जेठ ६, शुक्रबार

विजयी काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा पनि नेपाली काँग्रेसले क्लीन स्वीप गरेको छ । कामपा वडा नम्बर २८ मा नेकपा काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ ।
वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भाइराम खड्गी प्रकाश एक हजार २८२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार विपेन्द्र खड्गीले एक हजार ७३ मत प्राप्त गरे ।
त्यस्तै खुल्ला वडा सदस्य पदमा नेपाली काँग्रेसकै अरुण तण्डुकार र बिरेन्द्र महर्जन निर्वाचित भए । तण्डुकारले एक हजार २७९ मत पाउँदा महर्जनले एक हजार १८५ मत प्राप्त गरेका थिए ।
महिला सदस्यमा नीना कुमारी खड्गी एक हजार २६५ मतसहित निर्वाचित हुँदा दलित महिला सदस्यमा निर्वाचित हुने ललिता कार्की ढलीले एक हजार २०२ मत प्राप्त गरिन् ।
Categorized in स्थानीय