arin enterprises

कामपा २९ वडामा पनि काँग्रेसको प्यानलै निर्वाचित

SamacharDesk – बिराज | २०७९ जेठ ६, शुक्रबार

काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडा अध्यक्ष पदका लागि नेकपा एमालेका प्रतिद्वन्दीलाई ५८ मतले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार कुश ढकाल निर्वाचित भएका छन् ।

ढकालले एक हजार ९२९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दि नेकपा (एमाले) का उम्मेदवार शिवराम राजवंशीले १८७१ मत पाएका थिए ।

खुल्ला वडा सदस्यमा एक हजार ८८२ मतसहित सन्तोष ढुङ्गेल र एक हजार ७३१ मतसहित अनिल कुमार श्रेष्ठ निर्वाचित भए ।

दुई हजार ७५ मत प्राप्त गर्दै रेनु श्रेष्ठ महिला सदस्य चुनिन् भने दलित महिला सदस्यमा एक हजार ९७७ मतसहित संगीता पुजारी विजयी भइन् ।

Categorized in स्थानीय