arin enterprises

कामपा वडा ३० मा काँग्रेस विजयी

SamacharDesk – बिराज | २०७९ जेठ ६, शुक्रबार

स्थानीय निर्वाचनको मतगणना धमाधम हुँदैछ । काठमाडौं महानगरपालिकामा पनि धमाधम वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को पनि मत परिणाम सार्वजनिक भएको छ । कामपा वडा नम्बर ३० मा नेकपा काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ ।

वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार दलबहादुर कार्की निर्वाचित भएका छन् । उनी २ हजार ६१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार कृष्णभक्त खड्गीले भने ९१६ मत प्राप्त गरे ।

त्यस्तै खुल्ला वडा सदस्य पदमा नेपाली काँग्रेसकै मनोज कुमार डंगोल र मिलन कुमार खड्का क्षेत्री विजयी भए । डंगोलले एक हजार ८२८ मत पाउँदा क्षेत्रीले एक हजार ७२५ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा इन्दिरा श्रेष्ठ (सिंह) एक हजार ९१७ मतसहित निर्वाचित हुँदा दलित महिला सदस्यमा निर्वाचित हुने सरमिला श्रेष्ठ महतो सुडीले एक हजार ८१७ मत प्राप्त गरिन् ।

Categorized in स्थानीय