कामपा वडा ८ पनि काँग्रेसकै पोल्टामा
SamacharDesk – बिराज | २०७९ जेठ ७, शनिबार

काठमाडौं महानगरपालिका वडा नम्बर ८ पनि काँग्रेसकै भागमा परेको छ । कामपा वडा नम्बर ८ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ ।
कामपा वडा ८ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार आशामान संगत विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्दी उमेश कुमार कुईँकेललाई ८१९ मतान्तरले पछि पार्दै संगत वडाध्यक्षमा निर्वाचित भएका हुन् । संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुईँकेलले ७३८ मत पाएका थिए ।
खुल्ला वडा सदस्यमा शेखर देउला र सलोनी ओडारी विजयी भएका छन् । देउला एक हजार ५०५ मत पाई विजयी भए भने ओडारी एक हजार ४७० मतसहित निर्वाचित भएका हुन् ।
सरस्वती राजभण्डारी एक हजार ५०७ मतसहित महिला सदस्य चुनिँदा राजलक्ष्मी भुसाल एक हजार ५६१ मत ल्याउँदै दलित महिला सदस्य पदमा निर्वाचित भइन् ।
Categorized in स्थानीय