नयाँ संक्रमित संख्या ११ हजारको नजिक
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ७, शुक्रबार

आज नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ११ हजारको नजिक रहेको छ । पछिल्लो पटक थप हुने नयाँ संक्रमितको संख्या १० हजार ७०३ रहेको छ ।
जम्मा २३ हजार ९२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ४६ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १८ हजार ६१८ आरटी पिसिआर परिक्षण गरिएकोमा ८ हजार ८१५ जना संक्रमित भेटिएका छन् ।
दिनहुँ नयाँ संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ । गएको २४ घण्टामा ७६६ जना संक्रमित निको भएका छन् । हालसम्म कोभिड १९ संक्रमण निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ रहेको छ ।
पछिल्लो पटक थप ३ जना संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६३५ पुगेको छ ।
हाल देशैभरका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छ ।
तीमध्ये अधिकांश संक्रमित वागमती प्रदेशमा रहेका छन् । ४५ हजार ८०६ जना होम आइसोलेसनमा र ९८९ संक्रमित संस्थागत आइसोलेसनमा गरी वागमती प्रदेशमा जम्मा ४६ हजार ७९५ सक्रिय संक्रमित रहेका छन् ।
Categorized in राष्ट्रिय