arin enterprises

पोल्याण्डमा नयाँ कानुन विरुद्ध प्रदर्शन

SamacharDesk | २०८० जेठ २३, मंगलबार

पोल्याण्डमा पोलिस सरकारविरुद्ध भव्य प्रदर्शन भएको छ । पोल्याण्डमा बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन भएको हो ।

देशको मुद्रास्फीति, जीवनयापनको लागत, महिलाहरुको अधिकार सुनिश्चितिता लगायतको माग राख्दै पोल्याण्डको राजधानी बार्सा लगाएत अन्य शहरहरुमा लाखौंले प्रदर्शन गरेका थिए ।

वार्सामो भएको प्रदर्शनमा झण्डै पाँच लाख मानिस सहभागि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाइएको छ । यो प्रदर्शनलाई सन् १९८९ मा कम्युनिष्ट शाषन पतन भएयता पोल्याण्डमा भएको अहिलेसम्मकै विशाल प्रदर्शन भनिएको छ ।

सत्तारुढ दल ‘ल एण्ड जस्टीस’ विरुद्धको यो प्रदर्शनमा पूर्व राष्ट्रपति लेक वालेसा, पूर्व प्रधानमन्त्री डोनाल्ड टस्कलगायतको सहभागिता थियो ।

सत्तारुढ दलले भने यो प्रदर्शनलाई ‘घृणाको र्याली’ भनेको छ ।

नयाँ कानुनमा पोल्याण्डको राजनीतिमा रुसी प्रभाव र हस्तक्षेप छानविन गर्नसक्ने एउटा स्वतन्त्र आयोग बनाउने र शंकास्पद व्यक्तीहरुलाई सार्वजनिक पद धारण गर्न १० वर्षसम्म प्रतिबन्ध लगाउनसक्ने प्रावधान राखिएको छ ।

युरोपेली युनियन र अमेरिकाले पनि यो कानुनको विरोध गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय