arin enterprises

बडादशैंको विजया दशमी, आज मान्यवरबाट टिका थापिँदै

SamacharDesk – बिकाश | २०७७ कार्तिक १०, सोमबार

आज आश्विन शुक्ल दशमी, नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन टिका ।

आजको दिन सबैले आ–आफ्नो घरपरिवारमा मान्यवरबाट टिका थाप्दै विजय दशमी मनाउँदैछन् ।

आश्विन शुक्ल प्रतिपदाको दिन पूजा कोठा वा दशैं घरमा रोपिएको जमरा आज विसर्जन गरी घरका मान्यवरले परिवारका सबै सदस्यलाई टिका लाउँदै सोही जमरा दिने गर्दछन् ।

मान्यवरबाट आशिर्वाद थाप्ने र मान्यवरले सबैको भलो चिताउँदै सबैलाई आशिष दिने दिनको रुपमा विजया दशमीलाई लिइन्छ ।

आजैबाट नातागोतामा पनि टिका थाप्न जाने गरिन्छ ।

नेवार समाजमा टिका लगाईँदिदा कालो टिका ‘मोहनि सिन्हः’ पनि लगाइदिने गरिन्छ भने गलामा रातो कपडाको माला कोखा पनि दिने गरिन्छ ।

नेवार समाजमा आजको दिनपछि छोरीबेटीलाई नखत्या बोलाउने गरिन्छ । यो क्रम कोजाग्रत पुर्णिमासम्म चल्ने गर्दछ ।

तर यसपालि कोरोना महामारीका कारण टिका थाप्न जाने वा नखत्या बोलाउने परम्परामा समेत प्रभाव पर्ने देखिएको छ ।

आजको दिनमा शाक्त मतावलम्बिहरुले दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको दिनमा लिने गरिन्छ ।

त्यस्तै रामले रावणमाथि विजय प्राप्त गरेको दिन पनि आजकै दिन हो भन्न मान्यता रहि आएको छ । सोही मान्यता अनुसार आजको दिन भारतमा रावण जलाउने पनि गरिन्छ ।

त्यसैगरी वौद्ध धर्म अनुसार सम्राट अशोकले आजकै दिनमा शस्त्र त्याग गरी वौद्धमार्गी बनेका थिए ।

Categorized in संस्कृति