arin enterprises

सांघाई पुगे एलन मस्क

SamacharDesk | २०८० जेठ १९, शुक्रबार

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क चीनको सांघाई राज्य पुगेका छन् । दुई दिने चीन भ्रमणमा क्रममा मस्क बिहीबार सांघाई पुगेका हुन् ।

मस्कले चिनियाँ उद्योगमन्त्री जिन जुआङलोङसँग भेट गरी विद्युतीय सवारी विकासका बारेमा छलफल गरेका थिए ।

यस्तै चिनियाँ विदेशमन्त्रीको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा मस्क चीनमा टेस्लाको व्यापार विस्तार गर्नमा उत्साहित भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा मस्कले चीनलाई टेस्लाका लागि अमेरिकापछिको ठूलो बजार बनाउने चाहेको उल्लेख छ ।

त्यसबाहेक पनि मस्कले ब्याट्री आपूर्तिकर्ता कन्टेमपोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेडका अध्यक्षसँग समेत भेटवार्ता गरेका छन् । 

सांघाई राज्यमा टेस्लाको गिगाफ्याक्ट्री रहेको छ । जसले कूल उत्पादनको एक तिहाइ कार उत्पादन गर्ने गर्छ । जनवरी २०१९ मा टेस्लाले चीनको सांघाई राज्यमा गिगाफ्याक्ट्री निर्माण गर्न सुरु गरेको थियो ।

अमेरिका बाहिर टेस्लाको यो नै पहिलो उत्पादन प्लान्ट हो ।

सोही वर्षको अन्तिममा कम्पनीले चीनमा निर्माण भएको टेस्ला गाडी बजारमा ल्याएको थियो । तर त्यसलगत्तै कोभिड–१९ विश्वभर फैलिन्दा, उक्त फ्याक्ट्रीलाई सञ्चालन गर्नै गाह्रो परिस्थितिको सिर्जना गरेको थियो ।

आर्थिक पक्ष कमजोर भएर कम्पनीको फ्याक्ट्रीमा ताला लागेपछि मस्कले त्यो बेला गाह्रो परिस्थितिको सामना गर्नुपरेको थियो । मस्कले उक्त गिगाफ्याक्ट्रीले उत्पादन बन्द गरेको प्रतिक्रिया दिएका थिए ।

मस्क चीन भ्रमणमा रहेर टेस्लाबारे बहस गरिरहँदा यता टेस्लाको शेयर मूल्य बढेको छ ।

पछिल्लो समय व्यवसायमा विश्व अर्थतन्त्रमै तहल्का मच्चाउने चर्चित कम्पनीका अधिकारीहरू चीन भ्रमण गर्ने क्रम बढेको छ । गत मार्चमा एप्पलका सीईओ टिम कुकले चीनको भ्रमण गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय