युरोपियन च्याम्पियन्स लिगको उपाधि सिटीलाई
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २८, आइतबार

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो ।
टर्कीको इस्तानबुलमा भएको यस खेलमा सिटीको लागि रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल गरे । खेलको अन्तिम समयसम्म अरु गोल नहुँदा उनको गोल निर्णायक साबित भयो ।
यससँगै सिटीले ट्रबेल जितेको छ । यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो । पछिल्लो पटक सन् १९९९ मा इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले ट्रेबल जितेको थियो ।
प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग जिते । उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए ।
सिटी दुई वर्षअघि पनि फाइनलमा पुगेको थियो । जसमा सिटी चेल्सीसँग पराजित भएको थियो।
