arin enterprises

शितलामा नेपालकै पहिलो कोड क्लवको शुरुवात

SamacharDesk – बिराज | २०८० जेठ २२, सोमबार

काठमाडौंको बालाजुस्थित शितला माध्यमिक विद्यालयमा नेपालकै पहिलो कोड क्लब सुरु गरिएको छ ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले क्लबको उद्घाटन गरिन् ।

क्लबको उद्घाटन पछि बोल्दै कामपाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनमा महानगरपालिका महत्वाकांक्षी कार्यक्रमका साथ लागि परेको हुनाले सवैको साथ र सहयोगका खाँचो रहको बताइन् ।

कोड क्लबका विद्यार्थीहरूले कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् जुन कार्यक्रम १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । चौध वटा विद्यालयबाट सुरु गर्न लागिएको क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापना गर्ने तयारी रहेको छ ।

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न भन्दै महानगरपालिकाले ‘डिजिटल एन्ड बियोन्ड’सँग सहकार्य गरी प्रत्येक सामुदायिक विद्यालयमा रास्बेरी–पाई फाउन्डेसन कोड क्लब गठनको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठ, कामपा. शिक्षा विज्ञ रेसु अर्याल, शिक्षा अधिकारी सिताराम कोइराला, आइटी विज्ञ सगुन ढुङ्गाना लगायतले शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा शितला माविमा कार्यवाहक प्रमुख डंगोलसँगै शिक्षा विभाग प्रमुख कोइराला, शिक्षा सल्लाहकार अर्याल, आइटि विज्ञ ढुंगाना लगायतको टोलीले विद्यालयको बुक फ्रि फ्राइडे, शिक्षामा सिप अन्तरगत ब्युटिशियन एण्ड हेयर स्टाईल, नियमित कक्षामा भइरहेका ह्याण्डस अन अन्तरगतका अन्य कार्यहरुको अनुगमन पनि गरेका थिए ।

Categorized in स्थानीय