फ्रान्स बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २८, शनिबार

युईएफए नेसन्स लिगमा फ्रान्स बराबरीमा रोकेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले घरेलु टोली अष्ट्रियासँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा एड्रियास विम्यानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सको लागि केलिन एमबाप्पेले गोल गर्दै हारबाट जोगाए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
समुह ए वान अन्तर्गतको खेलमा फ्रान्सको यो दोस्रो बराबरी हो । समुहमा फ्रान्सले जित निकाल्न सकेको छैन ।
फ्रान्स २ अंक सहित तालिकको पुछारमा छ । अष्ट्रिया ४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स