स्वास्थ्य मन्त्रालयले सुरु गर्यो ‘गुड प्राक्टिसेस पोर्टल’
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २४, सोमबार

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यासहरूलाई एकै ठाउँमा सङ्कलन गरी सिकाइ आदानप्रदान गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुड प्राक्टिसेस पोर्टल सुरु गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै गुड प्राक्टिसेस डट एमवोएचपी डट जीओभी डट एनपी पोर्टल सुरु गरेको जनाएको हो ।
“स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक, सामान्यतया गरिरहेका भन्दा फरक नवीनतम पहलहरूलाई एकै ठाउँमा सँगालेर एक–आपसमा सुसूचित गर्ने र सिकाइ आदान–प्रदान गर्न सहजीकरण गर्न उद्देश्यले” यस पोर्टल सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
संघ, प्रदेश, स्थानीय सरकार तथा मन्त्रालयलका मातहतमा रहेका सबै निकाय र सरोकारवाला संघसंस्था एवं व्यक्तिहरूलाई दिइएको खाकामा पोर्टलमा प्रविष्टि गरी सहयोग गर्न समेत मन्त्रालयले अपिल गरेको छ ।
Categorized in राष्ट्रिय