arin enterprises

डेब्यु सिजनमै गुजरात बन्यो च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १६, सोमबार

इन्डियन प्रिमियर लिग (टाटा–आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत डेब्यु सिजनमै गुजरात टाइटन्स च्याम्पियन बन्न सफल भएको छ । आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले टी ट्वान्टी उपाधि जितेको हो ।

यहि सिजनबाट डेब्यु गरेको गुजरातले राजस्थान रोयल्सलाई लगातार तेश्रो पटक हराउँदै च्याम्पियन बन्न सफल भएको छ ।

अहमदाबादमा भएको फाइनल खेलमा राजस्थानले दिएको १३१ रनको लक्ष्य गुजरातले १८ं.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।

उसले पहिलो क्वालिफायरमा राजस्थानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई राजस्थानले हराउँदै गुजरातसँग पुनः भेट पक्का गरेको हो ।

लिग चरणमा गुजरातले १४ खेलमा १० जित हात पारेको थियो । यस सिजन अवधिभर फाइनलसम्मको खेलमा गुजरातका फरक फरक खेलाडी ‘म्यान अफ द म्याच’ चुनिए ।

गुजरातका लागि डेभिड मिलर, शुभमन गिल र हार्दिक पाण्ड्या दुई–दुई पटक ‘म्यान अफ द म्याच’ बन्न सफल हुँदा राशिद खान, मोहम्मद शामी, लकी फर्गुसन, ऋद्धिमान साहा र राहुल तेवाटियाले एक–एक पटक भए ।

टिमका अलराउन्डर कप्तान पाण्ड्याले कुल ४८७ रन बनाएर आठ विकेट पनि लिए । डेभिड मिलरले ४८१ रन बनाउँदा शुभमन गिलले ४८३ रन जोडे ।

यस्तै बलिंगतर्फ मोहम्मद शामीले २० विकेट लिए भने राशिद खानले १९ विकेट र ९१ रनको योगदान दिए ।

सन् २००८ मा आइपीएलको पहिलो संस्करणको ट्रफी जितिसकेपछि राजस्थानले फेरि उपाधि जित्न सकेको छैन । यसबीच मुम्बईले पाँच पटक उपाधि जितेको छ भने चेन्नईले चार पटक उपाधि जितेको छ ।

Categorized in स्पाेर्ट्स