arin enterprises

आइपिएलको उपाधी गुजरातलाई

SamacharDesk | २०७९ जेठ १६, सोमबार

यस वर्षको इण्डीयन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ ।

भारतको अहमदाबादमा गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । उसका लागि जोस बट्लरले सर्वाधिक ३९ रन जोडे ।

राजस्थानलाई सस्तैमा समेट्न गुजरातका कप्तान हार्दिक पाण्ड्याले ३ विकेट लिए । जवाफमा १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो ।

गुजरातको जितमा शुभमन गिलको अविजित ४५ रन महत्वपूर्ण रह्यो । यसैगरी अलराउण्डर हार्दिक पाण्ड्याले ३४ रन तथा डेभिड मिलरले अविजित ३२ रन जोडे ।

Categorized in स्पाेर्ट्स