arin enterprises

हरर थ्रिलर फिल्म ‘अपीच्य’को पोस्टर सार्वजनिक

SamacharDesk – बिराज | २०७९ जेठ १०, मंगलबार

नेपाली हरर थ्रिलर फिल्म ‘अपीच्य’को पोस्टर सार्वजनिक भएको छ । डेल्टा मल्टिमिडियाको ब्यानरमा निर्मित चलचित्र अपीच्य को पोस्टर सामाजिक संजालमार्फत आज सार्वजनिक गरिएको हो ।

चलचित्रका निर्देशक प्रदीप खड्गीले सामाजिक संजालमा फिल्मको पोस्टर पोस्ट गर्दै चाँडै नै फिल्म रिलिज गर्ने तयारीमा रहेको जानकारी गराएका छन् ।

समाचारडेस्कसँग कुरा गर्दै निर्देशक खड्गीले यहि जेठ मसान्ततिर फिल्मको टिजर पनि सार्वजनिक गर्ने योजना रहेको बताए ।

‘चलचित्र तयार भइसकेको छ, अब हामी चाँडै थिएटरमा आउनेछौं । त्यसअघि केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागीता जनाउने योजनामा काम गरिरहेका छौं’ खड्गीले भने ।

बाल मनोविज्ञानमा आधारित भएर निर्माण गरिएको हरर थ्रिलर फिल्ममा रवि गिरी, रचना सिंह, सुशील राजोपाध्याय, कृष्णभक्त महर्जन, सुरज व्यन्जनकारलगायतको कलाकारले अभिनय गरेका छन् ।

नेपाली र नेपालभाषामा समेत हेर्न पाइने यस चलचित्रलाई नेटफ्लिक्सलगायतका डिजिटल माध्यमबाट पनि दर्शकमाझ जानको लागि गृहकार्य भइरकेको पनि खड्गीले जानकारी दिए ।

Categorized in पेजथ्री