arin enterprises

नयाँ दिल्लीकाे भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो

SamacharDesk | २०७९ जेठ १, आइतबार

भारतको नयाँ दिल्लीमा एउटा चार तले कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । पश्चिम दिल्लीको मुन्डकामा रहेको भवनमा बिद्युत शर्ट भई आगलागी भएको अनुमान गरिएको छ । यद्दपी घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । केही मानिस अझै हराईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुखः प्रकट गदै मृतकका परिवारलाई जनही २ लाख भारतिय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।

Categorized in अन्तर्राष्ट्रिय