arin enterprises

फ्रान्समा बालबालिकामाथिअन्धाधुन्ध छुरा प्रहार

SamacharDesk | २०८० जेठ २६, शुक्रबार

फ्रान्सको आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित बालबालिकामाथि छुरा आक्रमण भएको छ ।

बिहीबार बिहान सहरको ताल नजिकै उद्यानमा छुरा बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको हो ।

आक्रमणकारीलाई पक्राउ गरिएको छ । आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको सुरक्षा फ्रान्सेली सञ्चारमाध्यले जनाएको छ ।

फ्रान्समा आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसद्का सदस्यहरुले एक मिनेट मौन धारण गरेका थिए ।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

आक्रमणकारी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय