इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने
SamacharDesk | २०८० जेठ २३, मंगलबार

इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने भएको छ । इरानले चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो ।
साउदीसँग कुटनीतिक दरार आएपछि इरानले सात वर्षअघि सन् २०१६मा आफ्नो दुतावास बन्द गरेको थियो ।
पछिल्ला समय दुई क्षेत्रीय शक्तिशाली राष्ट्रहरुले एकआपसको तनाव कम गर्दै आएका छन् ।
तेहरानमा दूतावास खोल्ने, त्यसपछि जेद्दाहमा यसको वाणिज्य दूतावास र एकदिनपछि इस्लामिक सहयोग संगठनको प्रतिनिधि कार्यालय पुनःखोल्ने इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले जानकारी दिए ।
हज यात्राको सहजताका लागि काम थालिसकेको र अब दुई देशका विदेश मन्त्रालयका अधिकारीहरुको उपस्थितिमा औपचारिकता दिईने दूतावास र वाणिज्य दूतावासले बताइएको छ ।
तर तेहरानमा साउदी दुतावास वा मशद राज्यको वाणिज्य दूतावास आधिकारीक रुपमा कहिले खुल्छ भन्ने आधिकारीक पुष्टि हुनसकेको छैन् ।
Categorized in अन्तर्राष्ट्रिय