arin enterprises

बाबुरामकै गृह जिल्लामा जसपा र एमालेबीच तालमेल

SamacharDesk – बिराज | २०७९ बैशाख २७, मंगलबार

सत्तारुढ गठबन्धनबीच केन्द्रीय तहमा गठबन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएको अवस्था गोरखा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एमाले) बीच तालमेल भएको छ ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईकै गृह जिल्ला गोरखाको पालुङटार नगरपालिकामा एमाले र जसपाबीच तालमेल भएको हो । नेकपा (एमाले) गोरखा र जसपा गोरखाले आज प्रेश विज्ञप्ती जारी गर्दै चुनावी तालमेलको घोषणा गरेको हो ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार पालुङटार नगरपालिका प्रमुखको लागि नेकपा (एमाले) ले जसपालाई सघाउनेछ भने जसपाले उपप्रमुख पदका लागि एमालेलाई सहयोग गर्नेछ ।

त्यसैगरी वडा तहमा वडा नं. ६, ७ र १० मा एमालेलाई सहयोग गर्ने र वडा नं. ४ र ५ मा जसपालाई सहयोग गर्ने जनाइएको छ ।

साथै सोही विज्ञप्तीमार्फत जिल्लाका अन्य पालिका र वडाहरुमा एक आपसमा सहमति गरि निर्वाचनमा जाने निर्णय भएको जानकारी गराइएको छ ।

संयुक्त विज्ञप्तीमा जसपा गोरखा जिल्ला अध्यक्ष यान प्रसाद भट्ट (सरोज) नेकपा (एमाले) गोरखा अध्यक्ष प्रेम गुरुङले हस्ताक्षर गरेका छन् ।

Categorized in राजनीति