तापक्रम अझ बढ्न सक्ने
SamacharDesk | २०८० जेठ १९, शुक्रबार

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा केही दिन यता गर्मी निकै बढेको छ ।
यस बर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौंको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेट रहेको छ । केही दिन काठमाडौंको तापक्रम अझ बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
सामान्यतया नेपालमा मनसुनको प्रवेश जुन १३ लाई दिने गरिएको छ । तर अहिले नेपालमा प्रवेश गर्ने मनसुन पूर्णरुपमा विकसित नभएकाले जुन १३ अर्थात् जेठ ३०० मा मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि गर्मीले तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण झापा, मोरङ, सुनसरी, विरगञ्ज लगायतका जिल्लामा पठनपाठन समेत केही दिनलाई बन्द गरिएको छ ।
जनकपुर, विरगञ्ज, भैरहवा, नेपालगञ्जलगायत तराईका सबै क्षेत्रको तापक्रम बढेर ४३ डिग्री सेन्टिग्रेटसम्म पुग्ने अनुमान गरिएको छ ।
Categorized in राष्ट्रिय