arin enterprises

काठमाडौं महानगरपालिकामा क–कसले वडाध्यक्ष पद जिते ?

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ १३, शुक्रबार

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको नतिजा घोषणा भइसकेको छ ।

निर्वाचन आयोगले घोषणा गरेको परिणाम अनुसार प्रमुखमा बालेन शाह तथा उपप्रमुखमा सुनिता डंगालेले जित हासिल गरेको छ ।

त्यस्तै महानगरपालिकाको ३२ वटै वडामा विजयी भएका वडाध्यक्षहरुमा वडा नम्बर १ मा एमालेका भरत लाल श्रेष्ठ, वडा नम्बर २ मा एमालेका राजेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ३ मा एमालेका प्रेम थापा, वडा नम्बर ४ मा एमालेका दिनेश महर्जन र वडा नम्बर ५ मा एमालेका वीरेन्द्र प्रजापती विजयी भएका छन् ।

यस्तै वडा नम्बर ६ मा कांग्रेसका भुवन लामा, वडा नम्बर ७ मा कांग्रेसका बिमल कुमार होडा, वडा नम्बर ८ मा कांग्रेसका आशामान संगत, वडा नम्बर ९ मा कांग्रेसका रामजि भण्डारी, वडा नम्बर १० मा कांग्रेसका राम कुमार के.सी, वडा नम्बर ११ मा कांग्रेसका हिरा लाल तण्डुकार र वडा नम्बर १२ मा कांग्रेसका बाल कृष्ण महर्जन निर्वाचित भएका छन् ।

त्यस्तै वडा नम्बर १३ मा एमालेका ध्रुव नारायण मानन्धर, वडा नम्बर १४ मा कांग्रेसका सुमन श्रेष्ठ, वडा नम्बर १५ मा एकीकृत समाजवादीका ईश्वर मान डंगोल, वडा नम्बर १६ मा कांग्रेसका मुकुन्द रिजाल, वडा नम्बर १७ मा कांग्रेसका नविन मानन्धर, वडा नम्बर १८ मा एमालेका न्हुछेकाजी महर्जन, वडा नम्बर १९ मा कांग्रेसका राजेश कुमार श्रेष्ठ र वडा नम्बर २० मा पनि कांग्रेसका राजेन्द्र मानन्धर विजयी हुनु भएको छ ।

यस्तै वडा नम्बर २१ मा एमालेका उदय चुडामणि बज्राचार्य, वडा नम्बर २२ मा एमालेका चिनीकाजी महर्जन, वडा नम्बर २३ मा एमालेका मचा राजा महर्जन निर्वाचित हुनु भएको छ ।

त्यस्तै वडा नम्बर २४ मा कांग्रेसका बिनोद कुमार राजभण्डारी, वडा नम्बर २५ मा कांग्रेसका राजेश डंगोल, वडा नम्बर २६ मा कांग्रेसका ख्यामराज तिवारी, वडा नम्बर २७ मा कांग्रेसका योगेश कुमार खड्गी, वडा नम्बर २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, वडा नम्बर २९ मा कांग्रेसका कुश ढकाल, वडा नम्बर ३० मा कांग्रेसका दल बहादुर कार्की, वडा नम्बर ३१ मा एमालेका सरोज ढकाल र वडा नम्बर ३२ मा पनि एकालेकै नवराज पराजुली निर्वाचित हुनु भएको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वडाको परिणाम अनुसार नेपाली कांग्रेसले १९ वटा वडा जितेको छ भने नेकपा एमालेले १२ वटा वडा जितेको छ । यस्तै एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले एउटा मात्रै वडा जितेको छ ।

Categorized in स्थानीय
SKIP THIS Maharjan Complex