काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे
SamacharDesk – बिराज | २०७९ बैशाख ३०, शुक्रबार

आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ ।
झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिल सदस्य पदको लागि मतदान हुँदैछ ।
काठमाडौं महानगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आज विहानै वडा नम्बर ३१ बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यसैगरी सत्तारुढ गठवन्धन दलको नेतृत्व गर्दै नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका सिर्जन सिहंले वडा नम्बर १६ पकनाजोलस्थित युवक मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
त्यसैगरी काठमाडौं महानगर प्रमुखका लागि स्वतन्त्र उम्मदेवारी दिएका सुमन सायमिले वडा नम्बर १३ कालिमाटीस्थित वडा समिति भवनबाट मतदान गरेका छन् ।
आज विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
Categorized in स्थानीय